दाङले पायो दुई मन्त्री

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे शपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने परेका छन् । पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस