फाइल फोटो

५१ जिल्ला पहिरो र २१ जिल्ला डुबानको जोखिममा

काठमाडौँ । देशभर मनसुन सक्रिय बन्दै गएको छ । आज पनि बिहानैदेखि देशका धेरै स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभर पहाडी भू-भागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

असार १३ गते (सोमबार)
दिउँसो- देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
असार १४ गते (मंगलबार)
दिउँसो- देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, मधेश प्रदेश र प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति- देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेश प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस वर्ष देशका ५१ जिल्ला पहिरो र २१ जिल्ला डुबानको जोखिममा रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रमेश लेखकको प्रश्न- प्रधानमन्त्री संसद्‌मा आउन डराउनुभएको हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको …

प्रतिकृया दिनुहॊस