आईसीसी विश्वकप लिग २ : नेपालद्वारा ओमान ७ विकेटले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ।

मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे ।

नेपालको जितमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए भने कुशल ५६ रनको योगदान गरे । यस्तै, देव खनाल १०, रोहित पौडेल २६ रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए। यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे। ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए।

जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा छ। ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप