सर्पदंशका बिरामीलाई पहिलो पटक एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ११ को फुलकुमारी मेमोरियल अस्पतालमा भर्ना भएका सर्पदंशका बिरामीलाई पहिलो पटक एयर एम्बुलेन्सबाट काठमाडौं लगिएको छ। पाँच दिन अगाडि धनुषाको पुसवलपुरका १३ वर्षीय दिपेशकुमार सिंहलाई सर्पले टोक्दा घाइते भएका थिए।

सर्पले टोके लगतै उनको परिवरले  कर्जन्हा नगरपालिकाकै बन्दीपुरको सैनिक सर्पदंश उपचार केन्द्रमा भर्ना गरे। उपचारकै क्रममा सिंह मंगलवार थप विरामी भएपछि फुलकुमारी अस्पतालमा रेफर गरियो। बुधबार फुलकुमारी अस्पतालले काठमाडौं रेफर गरेको हो।

फुलकुमारी अस्पतालका मेडिकल अधिकृत शिवशंकर साहका अनुसार मंगलवार दिउँसो २ बजे अभिभावकको आग्रहमा अस्पतालले एयर एम्बुलेन्स झिकाएर काठमाडौं लगेको हो। सिंहको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds