काठमाडाैँ । बर्दियाकी एक युवती आफ्नै ७४ वर्षीय ठूलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठूलो बाबुले खेतबारीमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरी अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए । पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।
प्रतिकृया दिनुहॊस