हिमालयन बैंकको नाफा २ अर्ब ४७ करोड

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष (२०७३।२०७४) मा २ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त तुलनामा बैंकको नाफामा १३.६० प्रतिशत वृद्धि भएको छ ।

बैंकको ब्याज आम्दानी बढेर ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप रकम ६ अर्ब ८६ करोड रुपैयाँले बढेर ९९ अर्ब ७४ करोड रुपैयाँ र कर्जा लगानी पनि बढेर ८७ अर्ब पुगेको छ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ । त्यस्तै, गत वर्ष बैंकको संचित कोषमा ७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा ७६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीको संचित कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकैदिन २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । कार्तिक २० गते मंगलबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले घटेको छ । …

प्रतिकृया दिनुहॊस