काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझि र बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको विभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सकिने छ ।
यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बीमा कम्पनीले दाबी परेको समयमा सहजरुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता गरेको छ ।
प्रतिकृया दिनुहॊस