मन्त्रिपरिषद् तत्काल पुनर्गठन नहुने, प्रधानमन्त्री देउवाले जुटाए गठबन्धनमा सहमति

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे पहलमा सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमति भएकाे छ । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चारजना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद् पुनर्गठन हुने विषयमा गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट बजेट पारित हुनै बाँकी, लोसपा लगायतका दलसँगपनि छलफल भइरहेको लगायत केही आन्तरिक तयारी गर्नुपर्ने भन्दै केही समय पर्खिदिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप