जन्मदिन मनाउन प्रेमिकालाई बोलाएर सामूहिक बलात्कार

बाँके । १६  वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा बाँकेमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। आराेपमा पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन्। १७ वर्षका हेमराज थारुको ती पीडित किशोरीसँग प्रेम सम्बन्ध थियो। ती युवालेआफ्नो जन्मदिन मनाउन भन्दै किशोरीलाई भेट्न बोलाएका थिए।

बाँके र बर्दियाको सिमानामा रहेकाे मानखाेलामा भेट्न आएकी ती किशोरीलाई हेमराज र उनका अन्य ६ जना साथीहरुले शनिबार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ । किशोरीलाई मदिरा खुवाएर मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले वताएकाे छ। मदिराका कारण बेहोस अवस्थामा रहेकी ती किशोरीलाई दुईजना युवाले मोटरसाइकलको बिचमा राखेर घर छोडिदिन लाँदै थिए। भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा जाँदै गरेकाे अवस्थामा गाउँपालिका ५ चाइना इँट्टाभट्टा नजिक प्रहरीले उनीहरुलाई रोकेको थियो।

होस खुलेपछि युवतीले आफूमाथि भएको साे घटनाबारे बताएकी थिइन् । प्रहरीले उनीहरुको खोजी गरी विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री