काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
सूचनामा इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले यो सूचना प्रकाशित गरेको मितिले सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ, ‘सर्वसाधारणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरपालिका क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी संघ-संस्थाको शौचालयलाई सार्वजनिक बनाउन सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएकोले यो सूचना प्रकाशित गरिएको छ ।’
शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटललगायतका शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो ।
काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। pic.twitter.com/xXBYn8rZx8
— Balen Shah (@ShahBalen) June 6, 2022




