औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

काठमाडौँ । प्रदेश-१ का उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रका विषयमा उठान गरेका विषयलाई सम्बोधन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । नले उद्योग क्षेत्रको संरक्षणबाट नै देश विकासले गति लिन सक्नेभन्दै पूर्वका उद्योग क्षेत्रले भोग्दै आएका विषयलाई सम्बोधन गरिने बताएका हुन् ।

विराटनगरमा शनिबार उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारणसभाको उद्घाटनमा कार्यक्रममा मन्त्री बडूले भने, ‘उत्पादन क्षमतामा वृद्धि गराउँदै सरकार आर्थिक लक्ष्यमा पुग्न सक्ने तयारीमा छ । उद्योग क्षेत्रका धेरै विषय बजेटबाट सम्बोधन गर्ने प्रयास भएका छन् । अरु धेरै विषयमा छलफल गरेर अघि बढ्न सकिन्छ ।’

बजेटले केही सीमित उद्योगलाई मात्र सहुलियत उपलब्ध गराएको भन्ने उद्यागीको असन्तुष्टिप्रति मन्त्री बडूले कमी कमजोरी हटाउन आफूले पनि पहल गर्ने बताए । ‘निजी क्षेत्रलाई उपेक्षित गर्ने मनसाय होइन । कतिपय विषयमा अझै छलफल गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

उद्योग संवठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले निर्यातजन्य उद्योगलाई राहत दिने सरकारको प्रयास सकारात्मक भए पनि कृषिमा आधारित उद्योग विकासमा अझ धेरै काम गर्न आवश्यक रहेको चर्चा गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस