बजेट छुट्याएर काठमाडौँका ढुंगेधारा ब्युँताउँछौँ मेयर : बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बजेट छुट्याएर काठमाडौंमा ढुंगेधारा ब्यूँताउने प्रयास गरिने बताएका छन् ।

ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् । काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा निस्क्रिय अवस्थामा रहेको र पानीको मुहान सुकेको अवस्थामा रहेको बताउँदै उनले भनेका छन्, ‘तिनलाई ब्यूँताउन सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयास गर्नेछौं ।’

मेयर शाहले काठमाडौँ जसरी मन्दिरको शहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको शहर पनि भएको बताएका छन् । यी सामाजिक सम्पदाको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व छ रहेको बताउँदै उनले भनेका छन्, ‘हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवाः सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।’

नेवारहरुको पर्व सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिने उल्लेख गर्दै यसो गर्दा पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री