रूपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ घाइते

काठमाडाैँ । यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको रात्रिकालीन बस बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही डीएसपी तथा प्रवक्ता नवरत्न पौडेलकाअनुसार रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वठा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो ।

दुर्घटनामा परी ९ जनाको मृत्यु भएको उनले पुष्टि गरे । २४ घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री