एमसिसीलाई गतवर्ष भन्दा दाेब्बर बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा मिनिनियम च्यालेन्ज एकाउन्ट (एमसीए)का लागि ९ अर्ब रुपैयाँ छुट्याएकाे छ । अर्थ मन्त्रालयले एमसीसी परियोजनाका लागि गत आर्थिक वर्षकाे तुलनामा झण्डै दोब्बर बजेट छुट्याएकाे हाे ।

आगामी आवमा सरकारले एमसीसी परियोजनालाई ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा एमसिसीका लागि ४ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएकाेमा यस वर्ष दाेब्बर बजेट छुट्याएकाे हाे ।

छुट्याइएकाे बजेटमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदानबाट लिइने तथा सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिने अर्थ मन्त्रालयले जनाएकाे छ ।

यसअघि सरकारले परियाेजना प्रभावितलाई मुअब्जा दिनमा बजेट खर्च गरेकाे थियाे । यसपटककाे बजेटले भने आयोजना शुरू गर्नुअघि जग्गा प्राप्ति, रूख कटानको लागि स्वीकृति, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), टेन्डर डकुमेन्टको तयारी र टेन्डर लगायतका कामहरूमा खर्च गर्नेछ । सरकारले यसै आर्थिक वर्षमा संसदबाट एमसिसी पारित गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री