काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन् । गएकाे आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।
शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि भएकाे छ । सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो ।
तपाईंको प्रतिकृया



