कास्कीमा आमा-छोरी मृत भेटिए

काठमाडाैँ । कास्कीमा आमा-छोरी मृत भेटिएका छन् । चितवन रत्ननगर नगरपालिका-१३ घर भई कास्की पोखरा महानगरपालिका-८ सिर्जना चोक नजिक डेरा गरी बस्ने वर्ष ३६ की सुशीला शर्मा र उनकी सात बर्षीया छोरी सोनिका बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार कोठामा ढोकाको चुकुल लगाई सुशीला पंखाको हुकमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको र निजको छोरी ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री