ताराको जहाज दुर्घटना : ज्यान गुमाएकाको शव आज परिवारलाई बुझाइने

काठमाडौँ । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ । सबै २२ शवको पोष्टमार्टम गर्ने काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस