इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं । अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ । इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाको शत प्रतिशत जित

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समूह …

प्रतिकृया दिनुहॊस