मौसमबारे समन्वय नहुँदा आन्तरिक उडान प्रभावित

काठमाडाै । बिहान काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुन नसकेको यति एयरले जानकारी दिएकाे छ।उडान हुने गन्तव्यहरुको मौसम राम्रो भएपनि इनरुटको मौसम कसले दिने भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ताले जानकारी दिए ।

पर्वतीय उडान तथा अन्य ‘नन-स्टल’का पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिए पनि उडानको अन्यौलता भएको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब वायुसेवा कम्पनीहरूलाई ‘इनरूट’मा मौसम सफा भएपछि मात्रै उडान अनुमति दिने निर्णय गरेको छ।

यो व्यवस्था भिज्युअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीमा आधारित रूटमा लागू हुनेछ। भिएफआर प्रणाली भनेको स्थान आँखाले हेर्दै उडान गर्नुपर्ने प्रणाली हो। जल तथा मौसम पूर्वानुमान महाशाखाको रिपोर्टका आधारमा इनरुटको मौसम हेरेर उडान अनुमति दिइने प्राधिकरणले वताएकाे छ। मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनापछि प्राधिकरणले यस्तो निर्णय गरेको जानकारी दिएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस