गरिमा विकास बैंकले प्रहरीलाई दियाे रात्रिकालिन सूरक्षा बेल्ट

काठमाडाैं । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सहयाेग गरेकाे छ । बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट सहयाेग गरेकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २ सय ७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन् । बैंकले हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको वताएकाे छ ।

गरिमा विकास बैंकले नेपालभर १ सय २१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री