काठमाडौं महानगरले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो ।

सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो ।

कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग गर्दै त्यसलाई पुरिने बैठकमा मेयर साहले भने । आज साना देखिएका खाल्डा भोलि ठूलो हुने र टेन्डरको प्रकृया थाल्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि यस्तो एम्बुलेन्स प्रभावकारी हुने उनको दाबी छ ।

त्यस्तै महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको गरेको छ । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए । सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस