काठमाडौं । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा अघिल्लो बर्षको तुलनामा २१ करोडले नाफा बढाएको हो ।
नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको अपरिस्कृत वित्तिय विवरणमा बैंकले गत आर्थिक बर्षमा ८४ अर्ब निक्षेप संकलन गरेर ७५ अर्ब कर्जा प्रवाह गरेको छ ।
बैंकको ब्याज आम्दानी ९ अर्ब छ भने ब्याज खर्च ४ अर्ब ९१ करोड रुपैंयाँ रहेको छ । आधार ब्याजदर १०.१२ प्रतिशत रहँदा खराब कर्जा ०.२० प्रतिशत कायम गराएको छ । नेपाल एसबिआईको प्रति सेयर आम्दानी २३.४३ रुपैंयाँ रहेको छ ।
तपाईंको प्रतिकृया




