काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक तथा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच वित्तीय कारोवारहरु गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् । साे समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्ने बैंकले वताएकाे छ ।
तपाईंको प्रतिकृया




