काठमाडाैँ । कक्षा १२ को परीक्षा आजदेखि शुरू हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकसाथ शुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने छ ।
७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।
परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
तपाईंको प्रतिकृया




