नेकपा (एकीकृत समाजवादी) ले निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति सार्वजनिक गर्न सर्कुलर

काठमाडाै । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सर्कुलर जारी गरेको छ। आज बुधबार पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको सर्कुलरमा जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न भनिएको छ।

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनसँग मिलेर एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जित हात पारेकाे छ। देशभरि एकीकृत समाजवादीले यसपालि २० पालिकामा मेयर र अध्यक्ष जितेको छ।

भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन जनप्रतिनिधिलाई निर्देशन दिएकाे जानकारी  दिएका छन्।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस