विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रकाे राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीका साधारण सदस्यका रुपमा रहने जानकारी दिएका छन् ।

पार्टी सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दु:खी लागेकाे भन्दै मिश्रले भनेका छन्, ‘गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु ।

जारी प्रेस विज्ञप्तिमा मिश्रले भनेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ उनले वताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस