बालेनको फराकिलो अग्रता, सुनिताले कटाइन् ५० हजार मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् । १ लाख ४५ हजार ३ मत गनिसक्दा बालेनले ४९ हजार मत कटाएका छन् ।

बिहान सार्वजनिक पछिल्लो मत परिणामअनुसार बालेनले ४९ हजार ३५८ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३० हजार ६९ मत प्राप्त गरेकी छन् । बालेन सिर्जनाभन्दा १९ हजार ३८९ मतले अगाडि छन् ।

तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २९ हजार २८४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याए ।

पमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् । उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस