काठमाडाैँ । सुनसरीकाे धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार हर्क साङपाङले लगातार अग्रता बनाइरहेका छन् ।
पछिल्लो अपडेट अनुसार हर्कले १९ हजार १५५ मत प्राप्त गरेका छन् भने उनी काँग्रेसका उम्मेदवार किशोर राई भन्दा ४१६० मतले अगाडी छन् ।किशोरले १४ हजार ९९५ मत प्रप्त गरेका छन् भने एमालेकी मञ्जु भण्डारीको १२ हजार १४३ मत प्राप्त गरेकी छन् ।
यस्तै धरान उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १८ हजार ८६४ मत प्राप्त गरेर अग्रता बनाइरहेका छन् । यस्तै नेकपा एमालेका पदमप्रसाद लिम्बुले १६ हजार ५८१ मत प्राप्त गरेका छन् ।
धरानको मत गणना अब अन्तिम चरणमा पुगेको छ । अब धरानमा करिब ४५ सय मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




