एक महानगरसहित ६९१ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । यो समाचार तयार पार्दासम्म १ महानगरसहित ६९१ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

७५३ पालिकामध्ये ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ । परिणामअनुसार ३०६ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८८, माओवादी केन्द्रले ११८ पालिका प्रमुख जितेको छ ।

जनता समाजवादी पार्टीले २५, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु

काठमाडौं । इटहरीमा म्याजिकले ठक्कर दिँदा आइतबार मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ । आज …

प्रतिकृया दिनुहॊस