अहिलेसम्म ६८५ पालिकाको अन्तिम परिणाम, कुन दलले कति जिते ?

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६८५ स्थानीय तहको अन्तिम नजिता आएको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका ६८५ स्थानीय तहमध्ये ३०४ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म १८६ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले ११७ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगले जानकारी दिएको छ ।

हालसम्म जनता समाजवादी पार्टी नेपालले १९, लोसपाले १०, नेकपा (एकीकृत समाजवादी) ले ९, राप्रपाले ४, नागरिक मुक्ति पार्टीले ४, र अन्यले २३ पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हाल भएको मतगणना अनुसार नेपाली काँग्रेस २१ पालिका प्रमुख/अध्यक्ष मा अगाडी छ भने एमाले १८ पालिकामा अगाडी रहेको छ ।

त्यस्तै माओवादी केन्द्र ४ पालिकामा अगाडी छ भने एकीकृत समाजवादी २ र जसपा ३, स्वतन्त्रसहित अन्य १६ पालिकामा अगाडी रहेका छन् ।

यस्तै हालसम्म अन्तिम नजिजा आएका ६८५ पालिकाको उपप्रमुख/उपाध्यक्ष मध्ये कांग्रेसले २७९ जितेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै एमालेले २०९ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १२३ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यसैगरी जसपाले १८, एकीकृत समाजवादीले ८ र अन्यले ४७ उपप्रमुख/उपाध्यक्ष जितेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री