धरानमा हर्कराजले कटाए १३ हजार मत, किशोरले पछ्याउँदै

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता जारी राखेका छन् । निकै प्रतिस्पर्धात्मक रहेको मेयर पदमा लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका हर्कले कांग्रेसका किशोर राईलाई उछिनेका हुन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार हर्कले कांग्रेसका किशोरमाथि २३६१ मतको अग्रता हासिल गरेका छन् । हर्कले १३४०५ मत ल्याएका छन् भने कांग्रेसका किशोरले ११०४४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी मञ्जु भण्डारीले ९०५४ मत पाएकी छन् ।

धरानमा उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १३०५९ मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका पद्मप्रसाद लिम्बुले १२३१७ मत पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस