काभ्रेका ८ पालिकाकाे नतिजा सार्वजनिक, रोशीमा गठबन्धनका उम्मेदवार विजयी

काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । रोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५३४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३५८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६७२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका बबिता बोहोराले ५ हजार ९४३ मत ल्याएका छन् ।

काभ्रेका १३ पालिकामध्ये ८ वटा पालिकाको मत गणना कार्य सम्पन्न भएको छ।

जिल्लाको बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिकाको मत गणना कार्य सम्पन्न भएको छ ।

धुलिखेल, पनौती, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिका गरि ५ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस