काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार मेयरमा कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोविन्दबहादुर महतलाई १ हजार ६ सय ७८ मतान्तरले पराजित गरेका हुन् । महतले ७ हजार ८ सय ८३ मत ल्याए ।
उपमेयरमा कांग्रेसकी कल्पनामाया पाख्रिनले ८ हजार ८ सय ५० मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सन्सरीमाया थिङले ८ हजार १ सय ५९ मत प्राप्त गरिन् । यस अघि यो पालिकाको एमालेले जितेको थियो भने काँग्रेस तेस्रो स्थानमा थियो ।
सत्तारुढ पाँच दलबीच विभिन्न पालिकामा तालमेल भए पनि लालबन्दी नगरपालिकामा भने तालमेल बिना नै कांग्रेसले सफलता पाएको हो ।
तपाईंको प्रतिकृया



