कांग्रेसले जित्यो २४६ पालिका प्रमुख, एमाले दोस्रोमा रहँदा एकीकृत समाजवादी छैटौँमा (सूचीसहित)

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ५५२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेसले २४६, एमालेले १५६, माओवादी केन्द्रले १०४, जसपा १४, नेकपा एकीकृत समाजवादीले १०, राप्रपा २ लाेसपा १ र १९ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

कांग्रेसले ७४ स्थानमा अग्रता लिएको छ भने एमालेले ४२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले १३, , जसपाले २०, नेकपा एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता बनाएका छन् । अन्य १ ३ ठाउँमा अगाडि छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री