काठमाडौं महानगरमा बालेनलाई ६ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। बालेन १२ हजार ८९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६००७ मतले अगाडि छन् । स्थापित बालेनलाई ६ हजार ८८५ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार १०९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २ हजार ६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना भइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस