भरतपुर महानगर : रेनु दाहाल ३० मतले अगाडि

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकामा जारी मत गणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि-पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन् ।

दाहालले ५,७१८ मतका साथ अग्रता लिएकी छन् भने सुवेदीले ५,६८८ का साथ पछ्याइरहेका छन् । स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले २,७८८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६,९८५ र राप्रपाका हिमला गुरुङले ४,६४५ मत प्राप्त गरेका छन् ।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल २,५३० मतका साथ विजयी भएका छन् । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले १,६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन् ।

वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप