काठमाडाै । काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ । काठमाडौं महानगरको मतगणना आज मध्यान्ह पछिमात्र शुरू भएको हो । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह, कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापित प्रतिस्पर्धामा छन् । प्रारम्भिक नतिजामा बालेनले १७५, स्थापितले १०७ र सिंहले ९७ मत प्राप्त गरेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी ४२७ मतसहित अग्रस्थानमा छन् भने एमालेका केशवरत्न बज्राचार्यले २ सय ८० मत प्राप्त गरेका छन् । माओवादीका शिवशरण महर्जनले ११७ मत प्राप्त गरेका छन् । त्यसैगरी कागेश्वरी मनोहरामा एमालेका रामशरण ढुंगाना ३ सय ९५ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका उपेन्द्र कार्की ३ सय १३ सहित दोस्रो स्थानमा छन् । नेकपा (एस)का हरिकृष्ण थापाले ८ मत पाएका छन् ।
गोकर्णेश्वरमा एमालेका उद्धव विष्ट ८९४ मतसहित अग्रस्थानमा छन्, नेपाली कांग्रेसका दिलिप रिसालले ८२४ मत प्राप्त गरेका छन् ।
टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी ४ सय २९ मतसहित अग्रस्थानमा छन्, कांग्रेसकी रजनी थापा ३ सय ४७ मतसहित दोस्रो स्थानमा छिन् । माओवादीका शेखर श्रेष्ठले ८४ मत पाएका छन् । तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन ९ सय ६४ मतसहित पहिलो र एमालेका रामेश्वर बोहरा ८ सय २ मतसहित दोस्रो स्थानमा छन् ।
बूढानीलकण्ठमा एमालेका मिठाराम अधिकारी ७ सय ७८ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चालिसे ४ सय २८ मतसहित दोस्रो स्थानमा छन् । नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत ९३ मतसहित पहिलो स्थानमा छन् भने एमालेका नन्दनहरि गौतम ४३ मतसहित दोस्रो स्थानमा छन् ।




