शेयर बजारमा दाेहाेराे अंककाे गिरावट

बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो साता निरन्तर बढेको बजार आज भने दोहोरो अंकले घटेको हो। बुधबार ५६ दशमलव शून्य ६ अंकले बढेको बजार आज १८ दशमलव ६४ अंकले घटेर २ हजार ३५० दशमलव ४२ विन्दुमा झरेको छ।

बिहीबार २२८ वटा धितोपत्रको ५२ लाख २७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी डेभलप्मेन्ट बैँक समूहको २ दशमलव १४ प्रतिशतले घटेको हो ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा शिबम् सिमेन्टको ११ करोड १० लाख ६७ हजार ४१८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस