प्रधानमन्त्री देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौँ फर्कँदैछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री