सुरक्षा निकाय र स्थानीय प्रशासनलाई आयोग दिएको १० बुँदे निर्देशनमा के छ ?

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई १० बुँदे निर्देशन दिएको छ । निकायलाई निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आयोगले निर्देशन दिएको हो ।

आयोगको १० बुँदे निर्देशन जारी गर्दै आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए नभएको हेर्न आग्रह गरेको छ । दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोग भएको छ अथवा छैन हेर्न र प्रयाग भए निर्वाचन कार्यालयमा खबर गर्न भनेको छ ।

झण्डा, चिह्न प्रचार सामग्री प्रयोग भए जफत गर्न, सवारी साधन प्रयोग गरी र्‍याली गरिएको पाइएमा त्यस्तो सवारी साधन कब्जामा लिन, निर्वाचन प्रचार प्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, बोर्ड, साउण्ड सिस्टम, लाउड स्पिकर जस्ता श्रव्य सामग्री प्रयोग भए कब्जामा लिन, मतदातालाई प्रभावित पार्नेलाई नियन्त्रणमा लिन आयोगले निर्देशन दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप