काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सयले बढेको छ ।
आइतबार सुन मूल्य तोलाको ९८ हजार ६ सय कायम भएको छ । यस अघि शुक्रबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार एक सय निर्धारण भएको छ ।
त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




