नारायणघाट मुग्लिन सडक सुचारु

काठमाडौँ । सुख्खा पहिरोले अवरुद्ध नारायणघाट मुग्लिन सडक सुचारु भएको छ । हिजो साँझ चितवनको ईच्छाकामना गाउँपालिका ६ तोपेखोलामा खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक सुचारु भएको हो ।

शनिबार साँझ पौने आठ बजे अवरुद्ध बनेको बाटो आइतबार बिहान साढे पाँच बजे सञ्चालनमा आएको प्रहरीले जनाएको छ । शुरुमा सवा चार बजे बाटो सुचारु भएको थियो ।

त्यसपछि फेरि आज बिहान सवा पाँच बजे पहिरोको सानो ढिस्को खसेको थियो । सो पहिरो पन्छाएपछि बाटो सुचारु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री