कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, उम्मेद्वारसहित १० जना घाइते

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा तीन जना घाइते भएका छन् । रुकुम पश्चिमकाे आठबीसकोट र चौरजहारी नगरपालिकामा छुट्टाछुट्टै घटना भएको हो । घटनामा परी १० जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका-३ मा भएको झडपमा परी एक प्रहरीसहित माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान विक, तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन् ।

नेपाली कांग्रेसका डिल्लीराज बोहरा र सीता बोहरा घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चौरजहारी नगरपालिका-१, मा भएको झडपमा परी कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

टाउकोमा चोट लागेको सभापति विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुवै ठाउँमा शुक्रबार राति झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । आठबीसकोटमा अहिले पनि मान्छेहरू जम्मा भइरहेको भन्ने खबर आएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको डीएसपी सोतीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस