सत्ता गठबन्धनको आज काठमाडौंमा चुनावी सभा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित सभा गर्न लागिएको जनाइएको छ ।

दिउँसो २ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सभा हुनेछ । सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा भएको थियो ।

गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम संयुक्त सभा गरिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस