कृषि विकास बैंकले शुरु गर्‍यो प्रिपेड डलर कार्ड सेवा

काठमाडौँ । कृषि विकास बैंकले प्रिपेड डलर कार्ड सेवा शुरु गरेको छ । कृषि विकास बैंकले वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न र ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाका विभिन्न प्रोडक्टहरु उपलव्ध गराउने शिलशिलामा प्रिपेड डलर कार्ड सेवाको शुरुवात गरेको हो ।

यसले विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई-कमर्शको माध्यमबाट अनलाइन शपिंग तथा बिल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने छ ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुबेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु क्रमशः अजय कुमार रिमाल, हिमलाल पौडेल, सरोज कुमार साह, टंक पोखरेल त्यसैगरी डिजिटल बैकिंग विभागका बरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराई, भुमिराज न्यौपाने, कोमल सिटौला तथा संगिता श्रेष्ठ तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृतले यस बैकको प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस