ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैछन् । यहि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोबधन गर्नेछन् ।

त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने छन् । ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ । ओलीको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस