काठमाडौंमा रातिदेखि वर्षा, यस्तो छ दिउँसोको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर-१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि आज बिहानदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदली रहनेछ ।

राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस