भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ। स्थानीय तह निर्वाचनको बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन्।

कांग्रेसको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ। पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाहरूलाई अब स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्न समेत निर्देशन दिएको छ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन समेत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा तीन सडक प्रदर्शन, अस्तव्यस्त ट्राफिक व्यवपस्थापन

काठमाडौं । काठमाडौंका तीन ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमालेले दरबारमार्गमा …

प्रतिकृया दिनुहॊस