उत्कृष्ट फोटो प्रर्दशनी,अठार हजारले अवलोकन गरे

काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ठ तस्बिरहरूको प्रदर्शनी सकिएको छ । फोटो प्रदर्शनीमा करिब  १८ हजार दर्शकले अवलोकन गरे ।

प्रदर्शनी  काठमाडौंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते देखि २१ सम्म ६ दिन चलेको थियो ।  राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए ।

फोटो प्रदर्शनीमा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू राखिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस