सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री